आगोलागीबाट करिब ३ करोड बराबरको क्षति भएको प्ररम्भिक अनुमान जिल्ला प्रहरी कार्यलय पाँचथरको रहेको छ । घटनाको यकिन विवरण भोली दिउसो सम्म आउने जानकारी जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको छ । आगलागीमा इन्द्रकुमारी थापा मगर र बिना थापा मगरको पूरै खरानी भए । इन्द्र कुमारी थापा घरमा सीता होटल, स्मा स्र्टोस र बिना थापा मगरको घरमा पाथीभरा मिष्ठान भण्डार र हरि फलफूल पसल पूरै खरानी भयो । जलेर नष्ट भएका घरहबाट केही समाग्री निकाल्न नसकेको स्थानीयले जानकारी दिए ।
आगलागीबाट साबित्रा केरुङको घरमा रहेको पाँचथर गेष्ठ हाउस पनि आंशिक क्षति भयो । गेष्ट हाउसको छत र कोठाहरु पुर्णरुपमा क्षति पुगेको छ । नजिकै रहेको एनएमबि बैक शाखा कार्यालय रहेको घरको झ्यालमा आंशिक क्षति पुगेको छ ।