फिदिममा भिषण आगलागी हुँदै,दुई घर पूरै नष्ट

  सरलपाटी संवाददाता

 1051 पटक हेरिएको

पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। आगलागीबाट संगीत रानामगरको दुई तले घर र नजीकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ।

फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आइसकेको छ।

आगलागीबाट नजीकै रहेको एक गेस्टहाउसको छतमा पनि क्षति पुगेको छ। आगलागीको कारण र क्षतिबारे खुल्‍न बाँकी रहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार