स्थापना भएकाे १५ वर्षपछि प्रशासन सुचारु

उत्तरी पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर १ मा रहेको सीमा प्रशासन कार्यालयमा स्थापनको करिव १५ बर्षपछि काम सुरु भएको छ ।

लामो समयपछि जिल्ला प्रशासन कार्यालय पाँचथरले कर्मचारी खटाएपछि काम सुरु भएको हो । अहिले शाखा अधिकृत बिनोद चौहानको नेतृत्वमा कर्मचारी च्याङथापु पुगेको छ । बिहीबार नै त्यहाँ पुगेको टोलीले आइतबारबाट नियमित काम थालेको सीमा प्रशासन प्रमुख चौहानले जानकारी दिए ।

अहिले इन्टरनेटको प्रबन्ध भएको छ । उनले भने, ‘नियमित गुणस्तरिय सेवा प्रदान गर्नका लागि अरु धेरै गर्न बाँकी छ । नागरिकता प्रिण्ट गर्न मिल्नेगरी सफ्टवेर सहितको कम्प्युटर जडान गर्न बाँकी छ ।’ अहिले कसैले नागरिकता लिन चाहे हातले लेखेर दिनु पर्ने अवस्था छ । तत्काल सोको ब्यवस्थापनाका लागि आफुहरुले तयारी गरिरहेको उनले बताए । सिमा प्रशासन कार्यालयले सिमा क्षेत्रका सबै गतिबिधि देखी नागरिकता बितरण, राहदानी सिफारिस लागायतका काम गर्नेछ ।

यसअघि कार्यालय सहयोगी शन्देश खवार बाहेक कोही पनि थिएन । उनले कार्यालय समयमा ढोका खोल्ने र बन्द गर्ने बाहेक गएको १५ बर्ष देखी त्यहाँबाट केही काम भएको थिएन । द्धन्दकालमा बिस्थापनमा परेको कार्यालय २०६१ पछि पुन स्थापित गरिएको भए पनि त्यो नाममै मात्रै सिमित थियो ।

कार्यालयका लागि ८ जना कार्मचारीको दरबन्दी हो । अहिले पनि दरबन्दी आनुसारका कर्मचारी पुग्न सकिरहेका छैनन तर पनि कार्यालय प्रमुखका रुपमा अधिकृत पुगे पछि स्थानीयले खुसी ब्यक्त गरेका छन । अथक मेहनत पछि प्रशासनमा काम हुने बातावरण तयार गरेको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए ।

च्याङथापु भारतको सिक्किम प्रवेशका लागि मुख्य नाका हो । भारतको सिक्किम प्रबेसका लागि पास उपलब्ध गराउने काम सिमा प्रहरी चौकीको जिम्मा लगाइएको छ । त्यो काम अव सिमा प्रशासन कार्यालयले गर्नेछ ।

यस अघि कार्यालयका लागि आउने कर्मचारी कार्यालयमा नै नपुगी काज मिलाएर सुबिधा सम्पन्न क्षेत्रमा जाने गरेको प्रशासन स्रोतले बताएको छ । च्याङथापुमा सीमा प्रसासन कार्यालयले नियमित कार्य संपादन गर्ने हो भने हालको याङवरक गाउँपालिकाको वडा नम्बर १, २ र ३ सहित आसपासका नागरिकले नागरिकता लगायतका कामका लागि सदरमुकाम सम्म धाउनु पर्ने बाध्यता हट्ने थियो ।

वडा नम्बर १ का अध्यक्ष मोहन ढुँगेलले भने, ‘स्थानीय तहमा रहेका बजारको अनुगमन, सिमा सुरक्षाको बिषय समेत समाधान हुने अपेक्षा गरिएको छ । स्थानियको यो अपेक्षा पुरा हुन नसकेको बर्षौ भएको थियो ।’

पाँचथर जिल्लामा जिल्ला प्रशासन कार्यालय दक्षिणमा इलाका प्रसासन कार्यालय रबि र उत्तरमा सीमा प्रशासन कार्यालय च्याङथापु सञ्चालनमा छन । कर्मचारी अभावको कारण देखाउँदै यस अघि च्याङथापुको काम अवरुद्ध हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार