६९ वर्षीय खड्गबहादुर बलात्कार आरोपमा पक्राउ

सुनसरीको इनरुवाबाट अर्जुनधारा–५ मा रहेकी छोरीको घरमा पाहुना आएका एक बृद्ध बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीले बलात्कार आरोपमा ६९ वर्षीय खड्गबहादुर कट्टेललाई पक्राउ गरेको हो । उनीविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ताको तयारी भएको बताइएको छ ।

इनरुवा सुनसरीबाट छोरीको घरमा पाहुना आएका कट्टेललाई अहिले इप्रका अनारमनीमा म्याद थप गरी थुनामा राखिएको डिएसपी मोहनकुमार थापाले जानकारी दिए ।

स्थानीय ६ देखि ९ वर्ष उमेरका बालिकालाई चकलेट दिदैँ संवेदनशील अंगमा हात लगाएको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बृद्ध कट्टेलले संवेदनशिल अंगमा हात लगाउँदा जवरजस्ती करणीकै मुद्दा चल्ने प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार