माछा मार्ने करेन्ट मान्छेलाई नै लागेपछि…..

  सरलपाटी संवाददाता

 648 पटक हेरिएको

पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ र फिदिम नगरपालिका वडा नम्बर ४ भएर बग्ने हेवा खोलमा माछा मार्ने क्रममा करेन्ट लागेर शनिवार साँझ एक युवकको मृत्यु भएको छ।

माछालाई करेन्ट लगाएर मार्ने क्रममा आफै मृत्युको मुखमा पुग्नेमा स्थानिय धन कुमार राईको छोरा २८ वर्षिय मदन कुमार राई रहेका छन् ।

रातीनै घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले जानकारी दिए।

राई उनका साथीसँग माछा मार्न हेवाखोला गएका थिए । राई हिलिहाङ गाउँपालिकाका बहुक्षेत्रिय पोषण स्वयंसेवक थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार