अधिकारका बारेमा जानकारी गराउने तालिम चल्दै

  सरलपाटी संवाददाता

 577 पटक हेरिएको

इलाम सदरमुकाममा दलित जनप्रतिनिधि र वडा स्तरीय समन्वय समितिहरूको ५ दिवसीय नेतृत्व विकास तालिम आजबाट शुरु भएको छ । दलित समुदायीलाई मुलुकको अधिकारको बारेमा जानकारी उद्देश्यले सुरु भएको तालिममा ३० जनाको सहभागिता छ ।

तालिमलाई इलाम नगरपालिका दलित समन्वय समितिका अध्यक्ष मनकुमार बराइली, दलित अगुवा नवराज शंकर, देवेन्द्र विश्वकर्मालगातले सहजीकरण गर्दै रहनुभएको छ । इलाम नगरपालिका दलित समन्वय समितिको आयोजना र मानव अधिकार मञ्च नेपाल इलामको संयोजनमा तालिम भइरहेको छ ।
तालिम आउँदो २१ गते छुवाछुतमुक्त दिवसको अवसर सम्पन्न हुने गरि सञ्चालन गरिदै आएको समितिका अध्यक्ष मनकुमार बराइलीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार