मोदीको निम्तोमा प्रधानमन्त्री ओली दिल्लीतिर

  सरलपाटी संवाददाता

 757 पटक हेरिएको

भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली दिल्लीतर्फ लागेका छन्।

बिहीबार साँझ नयाँदिल्लीमा हुने सथपग्रहण कार्यक्रममा भाग लिन प्रतिनिधिमण्डलसहित ओली त्यसतर्फ लागेका हुन्। बिहीबार शीतलनिवासस्थित राष्ट्रपतिभवनमा संविधानसभा सदस्यलाई सम्मान कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री ओली दिल्ली उडेका हुन्।

प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रसचिव शंकरदास बैरागी र परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख यज्ञ हमाल दिल्लीतर्फ गएका हुन्। दिल्लीबाट प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र उपनियोग प्रमुख भरतराज रेग्मी पनि सपथ कार्यक्रममा जानेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार