इलाम नगरपालिकाको वडास्तरीय दलित समन्वय समिति वडा नं. ७ को अध्यक्षमा सुरेश पोर्तेल चयन हुनुभएको छ । यस्तै, समितिको सचिवमा संगिता वस्याल रहनुभएको छ । सदस्यमा तीर्थ बराइली, कुमारी परियार, सरस्वती दर्नाल, गोमा शंकर(बिके), राजु विश्वकर्मा मिनिसा बस्इाल, हेमकुमार शंकर रहनुभएको छ ।
समितिमा पदेन सदस्यका रूपमा इलाम नगरपालिका ७ कि दलित महिला सदस्य बसन्ती घतानी चयन हुनुभएको छ । इलाम नगरपालिका दलित समन्वय समिति अध्यक्ष मनकुमार बराइलीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा दलित अगुवा राम दियाली, पदम गजमेरलगातयले बोल्नुभएको थियो ।
कार्यक्रममा दलित समुदायका व्यक्तिले आफू अझैपनि विभेदमा पर्ने गरेको र समाजमा दलित भएकै कारण विभेद भोग्नुपरेको गुनासो पोखेका थिए । यसै विषयमा कार्यक्रममा अन्तक्र्रिया समेत सम्पन्न भएको थियो । यसै गरी इलाम नगरपालिकाका १२ वटै वडामा वडास्तरीय समिति गठन सम्पन्न भएको छ ।
समग्र नगरवासी दलित समुदायको अवस्था, वस्तुस्थितिबारे जानकारी भई आवश्यकअनुसार नीति, योजना, कार्यक्रमका आधार निर्माण गर्न समिति गठन गरिएको जनाइएको छ ।