मानसिक रोगसम्बन्धी अन्तक्र्रिया सम्पन्न

  सरलपाटी संवाददाता

 573 पटक हेरिएको

इलामको सूर्योदय नगरपालिकास्थित करफोकमा एक दिने मानसिक रोग सम्बन्धी अन्तक्र्रिया र छलफल सम्पन्न भएको छ । इलाम उद्योग बाणिज्य संघ अमेरिकी कर्नरको आयोजना र करफोक माध्यमिक विद्यालयको संयोजनमा भएको कार्यक्रममा युवालाई मानसिक समस्या र यसका समाधानका बारेमा जानकारी गराइएको थियो ।

जिल्लामा पछिल्लो समयमा मानसिक रोगीको संख्या बढेको भन्दै सचेतना कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा कर्नरबाट केही पुस्तक समेत युवालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सहजीकरण इलाम अस्पतालका डा. सञ्जयकुमार पाश्वानले गरेको थियो । कार्यक्रमको सञ्चालन कर्नरका कार्यक्रम संयोजक हेमप्रसाद पौडेलले गरेका थिए ।

कार्यक्रममा ८० भन्दा बढी सर्वसाधारणको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार