यस्ती आमा ! जो आफ्नै सन्तानको काल बनेर आइन्

  सरलपाटी संवाददाता

 479 पटक हेरिएको

भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २२ महिने बालकको आफ्नै आमाले हत्या गरेकी छन् । २५ वर्षीया सम्झना थापाले २२ महिनाको छोरा सम्बोधनको हत्या गरेकी हुन् ।

उनले मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् । रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोलमा भेनाजुको घरमा बस्दै आएको थियो ।

लघुवित्त कम्पनीमा काम गर्ने बालकका बाबु सूर्यबहादुर थापा भने कार्यालयको कामले सदरमुकाम वाहिर गएको पाइएको भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले बताए । प्रहरीले अभियुक्त सम्झनालाई पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले बतएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार