विस्फोटक पर्दाथ नै विस्फोट भएको पुष्टि, राजधानीको सुरक्षा व्यवस्था कडा

  सरलपाटी संवाददाता

 443 पटक हेरिएको

काठमाडौं/काठमाडौंको सुकेधारा र घट्टेकुलोमा विस्फोटका पदार्थ नै विस्फोट भएको छ। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेले दुवै स्थानमा विस्फोटक पदार्थ विस्फोट भएको पुष्टि गरे।

उनले भने,’ नेत्रविक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताहरुले भोलिको बन्द सफल पार्न विस्फोटक पदार्थ ओसारपार गर्ने क्रममा विस्फोट हुन पुगेको प्ररम्भिक अनुसन्धानबाट देखिएको छ।’ विस्फोटपछि थप अनुसन्धान गर्न नेपाली सेनाको टोलीसहित आवश्यक मात्रमा दुवै स्थानमा प्रहरी परिचालन गरिएको छ।

प्रहरी प्रवक्ता पोखरेलले घटनाको अनुसन्धान विभिन्न कोणबाट सुरु गरिएको बताए। उनले विस्फोट भएको स्थानमा भोलि १३ गते नेपाल बन्द सफल पारौँ लेखिएको हाते पर्चा फेला परेकोले विप्लव समुहतर्फ पनि अनुसन्धान केन्द्रित गरिएको बताए। उनले आफ्नो घोषणा गरिएको बन्दलाई सफल पार्नका लागि विप्लव समूहले योजना बनाएको हुनसक्ने बताए।

प्रवक्ता पोखरलले राजधानीको सुरक्षा व्यवस्था थप कडा पारिएको बताए। उनले भने,’ राजधानीको विभिन्न स्थानमा सिभिल र वर्दीमा सुरक्षाको प्रहरी तैनाद गरिएको छ।’ सेनाले अहिले घटनास्थलमा कसैलाई प्रवेश दिएको छैन। नागिरकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार