पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ससुरा ज्वाईको घरमा ९ जनाको बीभत्स हत्यामा ज्वाइँकै संलग्नता भएको प्रमाण जुट्दै गएको छ । यद्यपि प्रहरीले घटनाको सुक्ष्म अध्ययन गरिरहेको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ लुमाङ्दिनमा मानबहादुर माखिम झुण्डिएको अवस्थामा फेला परेका छन् । झुण्डिएको स्थलको डेढ किलोमिटर छेउमा खुकुरी र दाप भेटिएको छ । खुकुरी र दापमा रगत लतपतिएको भेटिएको घटनास्थलमा रहेका सञ्चारकर्मी सरोज शर्माले जनाए । उनको कपडा झोलामा पोको पारिएर फालिएको अवस्थमा भेटिएको छ । लुगामा रगत पोतिएको भेटिएको छ । मृतकको हात पनि काटिएको छ । सञ्चारकर्मी शर्माको अनुसार मतृक माखिमको शबलाई सामुहिक हत्या भएको घटना आरुबोटे लाने प्रहरीले तयारी गरिरहेको छ । झुण्डिएको स्थान लुमाङ्दिन र सामुहिक हत्या भएको स्थान आरुबोटे २५÷३० किलोमिटर अन्तर रहेको छ ।
मृतक माखिम मृतकको धनराजको आफन्त तथा मृतक बमबहादुरको कान्छो ज्वार्इँँ समेत हुन् । ससुरासँग ज्वार्इँको सम्बन्ध विग्रिएको बताइएको छ । मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राईले माखिमको शब रुखमा झुण्डिएको अवस्थामा भेटिएको बताइन् । युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।