बस दुर्घटना : ७ को सनाखत,इलामका विशाल गिरीको पनि मृत्यु (अपडेट)

काठमाडौं । धादिङको आदामघाट नजिक बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउने ७ जनाको सनाखत भएको छ ।

काकडभिट्टाबाट काठमाडौंतर्फ आइरहेको ना ७ ख ४३ ८७ नम्बरको रात्रि बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा काठमाडौंको चन्द्रागिरी नगरपालिकाकी ३५ वर्षीया सीता थपलिया, थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र  धादिङका राजन आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको परिचय खुले पनि ठेगाना खुलेको छैन । घाइतेमध्ये १७ जनाको काठमाडौंस्थित ट्रमा सेन्टर तथा अन्यको  गुजरी र जिल्ला अस्पतालमा उपचार भइहेको प्रहरीले जनाएको छ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार