इलाम।सुविधा सम्पन्न सवारी साधनमा मोह बढ्दै गएको बेला स्वस्थ्य रहनका लागि साइक्लिङ्ग भन्ने सन्देश प्रवाह गर्न इलाममा आज साइक्लिङ्ग गरिएको छ ।
काठमाण्डौ, धरान र झापा र इलाममा नियमीत साइकल यात्रा गर्ने ८० जनाको टोलीले इलामको कुटिडाँडाबाट इलाम सदरमुकामसम्म साइकल यात्रा गरेको हो । टोली राजदुवाली, दानाबारी हुँदै विर्तामोड पुगेर समापन गरिनेछ । ‘साइकल चलाउँ स्वास्थ्य बनौ भन्ने सन्देश प्रवाह गर्न इलामको साइकल यात्रा गरेका हौ’–टोलीमा सहभागी योगेन्द्र थापाले भने–‘साइकल प्रतिको मोह बढाउन इलाममा यो कार्यक्रम गरेका हौ ।’ रोङ गाउँपालिकाका वडा अध्यक्ष सुवास तामाङ्ग स्थानीय यात्रामा साइकलको प्रयोग बढाए यातायातको चाप कम हुने बताए । ‘लोकल यात्रामा साइकलको प्रयोग बढ्योभने इन्धन प्रयोग कम हुन्छ, ब्यापार घाटा घटाउन सकिन्छ’–वडाध्यक्ष राईले थपे–‘साइकलको प्रयोग बढ्यो भने आर्थिक उन्नतीमा सहयोग पुग्छ ।’
नेपालमा साइक्लिङ्ग प्रवद्र्धन भए पर्यटनको विकासमा टेवा पुग्ने अर्का साइकलयात्री यज्ञ तामाङ्गले बताए । ‘साइकल यात्राको विकास भए नेपाल भ्रमण वर्ष २०२० मा नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्छ’–उनी भन्छन्–‘त्यही अभिप्रायले इलाममा साइकल यात्रा गरेका हौ ।’ साइकल यात्रीलाई इलाममा स्वागत गरिएको थियो ।