युवा व्यवसायी शेर्पाले दिए विद्यार्थीलाई पोशाक

  सरलपाटी संवाददाता

 562 पटक हेरिएको

इलाम।शेर्पाज साइबर एण्ड ट्रनिङ्ग सेन्टर इलामका प्रोपाइटर लोप्साङ्ग शेर्पाले वौद्धिक अपाङ्गता भएका बालबालिकालाई पोशाक वितरण गरेका छन् ।
२५६३ औं बुद्धजयन्तीको अवसरमा शेर्पाले बालबालिकालाई पोशाक वितरण गरेका हुन् । अमर माध्यमिक विद्यालयमा रहेको वौद्धिक अपाङ्गता स्रोत कक्षाका २७ जना विद्यार्थीलाई शनिबार एक कार्यक्रममा पोशाक वितरण गरेका हुन् । पोशाक वितरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई इलामका प्रमुख शम्भू थापा, इलाम नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष ठाकूर श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, विद्यालय व्यवस्थापन समितिका सदस्य मनराज जबेगू, विद्यालयका प्रअ सोमनाथ निरौला, लेखाजोखा केन्द्रका प्रकाश चापागाईलगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रम व्यवसायी किशोर तामाङ्ग र कृष्ण अग्रवालले पनि विद्यार्थीहरुलाई खाद्यान्न दिएका थिए ।
युवा व्यवसायी शेर्पाले यसअघि इलाम अस्पतालमा टेलिभिजन, भालु ढुङ्गा सामुदायिक वनलाई एक लाख ५० हजारको बुद्धको मुर्ती दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार