पत्रकारले गरे सडक प्रदर्शन

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै इलामका पत्रकारले आज जेठ ३ गते इलाम चोक बजारमा एक घण्टा सञ्चारसामग्री प्रदर्शन गरेका छन् ।

सो विधेयकको बिरोधमा देशभर आन्दोलन गर्ने नेपाल पत्रकार महासंघको पहिलो पहिलो चरणको कार्यक्रमअनुसार आज सञ्चारसामग्री प्रदर्शनको कार्यक्रम गरिएको महासंघ इलाम शाखाका सचिव ख्याम भुजेलले बताए । उनका अनुसार यो कार्यक्रम पहिलो चरणको अन्तिम हो र आजै वा भोली बिहान सम्ममा बिधेयक फिर्ता नभएको खण्डमा महासंघले थप संघर्षका कार्यक्रम तय गर्नेछ ।

संसदमा दर्ता भएको बिधेयकले स्वतन्त्र पत्रकारिता, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रता जस्ता कुराहरुलाई कुण्ठित पार्नेगरि ब्यवस्था गर्न खोजेकोले आन्दोलन गर्नुपरेको पत्रकार महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार