इलाम ,इलाम नगरपालिका नगरस्तरीय दलित समन्वय समिति सञ्चालन कार्यविधि २०७४ अन्तर्गर्त गठन भएको इलाम नगरपालिका नगर स्तरीय दलित समन्वय समितिले आउँदो जेठ २१ गते छुवाछूत मुक्त दिवश मनाउने घोषणा गरेको छ । समितिको आज बसेको बैठकले मुलुक कानूनी रूपमा छुवाछूतमुक्त भएको अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो ।
समितिका अध्यक्ष मनकुमार वराइलीका अनुसार बैठकले इलाम नगरपालिकाभित्र निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण तथा तालिम दिइने समेत निर्णय गरेको छ । यस्तै बैठकले दलित समुदायको हित र विकासका लागि काम गर्न रणनीतिक योजना तयार पार्ने समेत निर्णय गरेको छ ।आउँदा दिनमा वडा स्तरीय संरचना समेत गठन गरिने जनाइएको छ ।
बैठक समन्वय समितिका अध्यक्ष बराइलीकै अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा इलाम नगरपालिका कार्यपालिका सदस्य सानु दास, नगर सभा सदस्य सरिता दियाली र समितिका सम्पूर्ण पदाधिकारीको उपस्थिति थियो ।