उपेन्द्र यादपसँग अन्तर्वातामा चर्काचर्की परेका पत्रकारलाई ज्यान मार्ने धम्की

च्र्काचर्की परेपछि स्पिकर फ्याकेर हिडे उपेन्द्र

पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ ।

एभिन्युज खबर टेलिभिजनमा प्रसारित कार्यक्रम ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक पाण्डेलाई ज्यान मार्ने धम्की आएको हो ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग ‘सकस राजनीति’कार्यक्रममा विवाद भएको कार्यक्रम प्रसारित भएपछि टेलिभिजनको वीरगंज ब्युरोमा समेत तोडफोड भएको छ । अन्तवार्तामा पाण्डेले ‘उत्तर दिन सक्नु हुन्न भने बाहिरिदाँ हुन्छ’ भन्ने अभिव्यक्ति दिएपछि उपप्रधानमन्त्री समेत रहेका यादप माइकको स्पिकर फ्याकेर कार्यक्रमको बीचमै हिडेका थिए ।

सोही अन्तर्वार्ताको विषयलाई लिएर पत्रकार पाण्डेमाथि ज्यान मार्ने धम्की आएको हो ।
आफूलाई समाजवादी पार्टीका कार्यकर्ता भन्दै नेपाल टेलिकमको पोस्टपेड नम्बरबाट ज्यानमार्ने धम्की आएको एभिज्युज टेलिभिजनले जनाएको छ । ९८५१००५१८० नम्बरबाट ज्यान मार्ने धम्की आएको टेलिभिजनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार