उद्योग बाणिज्य संघको नेतृत्वमा दुई धारको टक्कर

अध्यक्षका लागि शंकर र चिपालू मैदानमा

  सरलपाटी संवाददाता

 1115 पटक हेरिएको

आउँदो वैशाख २८ गते इलाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्वमा चुनाव हुने भएको छ । चुनावका लागि उद्योगी तथा व्यवसायीहरू बीच दुई घारमा रहेर टक्कर पर्ने देखिएको छ ।चुनावका लागि लोकतान्त्रिक धार र प्रगतिशील(बामपन्थी) धार बीच टक्कर पर्ने देखिएको छ । बाणिज्य संघको आउँदो आठौ चुनावका लागि अध्यक्षमा लोकतान्त्रिक धारबाट इश्वर चिपालू अध्यक्षका उम्मेवदवार छन् भने प्रगतिशिल धारबाट देवेन्द्र शंकरले उम्मेदवारी दिएका छन् । चिपालू यसभन्दा अघिका संघका प्रथम उपाध्यक्ष(वरिष्ठ उपाध्यक्ष) हुन् भने शंकर कोषाध्यक्ष रहेका छन् । दुवै घटकका उम्मेदवारले आफ्नो उम्मेदवारीसहित आफैले जित्ने आश्वसन दिदँै आएका छन् ।

चिपालूले मुलुकलाई समृद्धिमा पु¥याउनका लागि उद्योग क्षेत्र फस्टाउन आवश्यक रहेको भन्दै त्यस कार्यमा संलग्न रहन आफूले नेतृत्व लिन खोजेको बताएका छन् भने शंकरले संघ, प्रदेश,स्थानीय तह, संघ संस्थाहरूसँग समन्वय गरी परियोजना सञ्चालन गर्न र उद्योगको स्थापना गर्न आफू नेतृत्वमा जान लागेको उल्लेख गरेका छन् ।
उम्मेदवार बीच कडा रूपमा प्रतिष्पर्धा हुने बुझिएको छ । यस्तै, लोकतान्त्रिक धारबाट वरिष्ठ उपाध्यक्षमा चेतनाथ पौडेल(कृष्ण) र प्रगतिशील धारबाट भक्तबहादुर लुङ्गेली बीच प्रतिष्पर्धा हुने छ । यस्तै, संघको बाणिज्य उपाध्यक्षमा दीपेश श्रेष्ठ(लोकतान्त्रिक) र भगिरथ कट्टेल(प्रगतिशील), उद्योग उपाध्यक्षमा दुर्गा(मदन) श्रेष्ठ(लोकतान्त्रिक) र प्रविण श्रेष्ठ(प्रगतिशील), महिला उपाध्यक्षमा अनुजा सुवेदी(लोकतान्त्रिक) र कमला बास्कोटा(प्रगतिशील), महासचिवमा हेमन्त गौतम(लोकतान्त्रिक) र प्रकाश चापागाईं(प्रगतिशील), सचिवमा श्रीबहादुर विष्ट(लोकतान्त्रिक) र केशव खनाल(प्रगतिशील), कोषाध्यक्षमा सन्तोष भत्तराज(लोकतान्त्रिक) र दिव्या भट्टराई(प्रगतिशील)ले उम्मेदवारी दिएका छन् ।
चुनावका लागि सदस्यहरूमा लोकतान्त्रिक धारबाट कर्ण साङपाङ, देवी पौड्याल, बालकुमार श्रेष्ठ, धर्मेन्द्र सुवेदी(सुमन), सुमन दास, खिना बस्नेत, देवी पोख्रेल(निरौला), दीपा गुरुङ चुनावी मैदानमा छन् भने प्रगतिशील धारबाट रेशम बराइली, लालबहादुर लिम्बू, नेत्रप्रसाद पोख्रेल, ठाकुरप्रसाद कट्टेल, चन्द्रबहादुर निरौला(मदन), कौशिला राई, गंगा उप्रेती र रमादेवी थापा(पराजुली)ले उम्मेदवारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार