बाबुराम-उपेन्द्र एकता : फोरमको झण्डा, चुनाव चिह्न टुंगो छैन

‘नाम पनि हेरफेर हुनसक्छ’

  सरलपाटी संवाददाता

 737 पटक हेरिएको

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएर बन्ने समाजवादी पार्टी, नेपालले फोरमकै झण्डा प्रयोग गर्ने भएको छ ।फोरमले रातो र हरियो पृष्ठभूमिमा सेतो तारा अंकित झण्डा प्रयोग गर्दै आएको छ ।चुनाव चिह्नको विषयमा भने अझै निर्णय हुन बाँकी रहेको नयाँ शक्ति पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए .यसअघिको निर्वाचनमा फोरमको मसाल र नयाँ शक्तिको देब्रे आँखा चुनाव चिह्न थियो ।एकीकृत पार्टीले फोरमको झण्डा राख्ने भएपछि नयाँ शक्ति पार्टीको चुनाव चिह्न राख्ने विषयमा छलफल भएको थियो । तर आँखा चिह्न राख्दा अरुले दाहिने आँखा वा दुवै आँखा लिन सक्ने भएकाले अन्तिम निर्णय हुन नसकेको हो ।‘नाम पनि हेरफेर हुनसक्छ’आज मध्याह्न राजधानीमा घोषणासभा हुन लागेको यो पार्टीको नाम पनि हेरफेर हुनसक्ने नयाँ शक्ति पार्टीका सचिवालय सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए । श्रेष्ठ भन्छन्, ‘निर्वाचन आयोगमा त्यही नामको पार्टी भएको भन्ने सुनेको छु, त्यसो भयो भने विचार गर्नुपर्ने हुन्छ ।’संघीय समाजवादी फोरमका नेता मोहम्मद इस्तियाक राईले भने निर्वाचन आयोगको वेभसाइटमा चेक गरेरै नाम जुराएकाले ‘समाजवादी पार्टी, नेपाल’ नै राखिने बताए ।एकीकरणपछि बन्ने समाजवादी पार्टीको प्रतिनिधिसभामा १७ सांसद हुनेछन् । फोरमको १६ र नयाँ शक्तिको एक सांसद छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार