इलामबाट ११ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

  सरलपाटी सम्वाददाता

 2261 पटक हेरिएको

इलाम । इलाममा लागु औषध प्रयोगकर्ता बढेपछि त्यसलाई निर्मुल पार्न प्रहरीले सर्च अपरेशन चलाएर ११ जनालाई पक्राउ गरेको छ । लागु औषध प्रयोगकर्ता नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय इलामले तीन टोली परिचालन गरेर इलाम नगरपालिकाको विभिन्न क्षेत्रबाट ११ लागु औषध प्रयोगकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले उनीहरुमाथि सामान्य सोधपुछ र अनुसन्धान भइरहेको भन्दै नाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् । इलाममा ब्यापक रुपमा लागुऔषध प्रयोगकर्ता बढेको पुष्टि भएपछि प्रहरी सर्च अभियान चलाउन बाध्य भएको हो । शनिबारबाट शुरु भएको सर्च अभियान जारी हुने प्रहरी उपरीक्षक भण्डारी बताउँछन् । प्रहरीले लागु औषधको नाम नखुलाएपछि पक्राउ परेकाहरुले ब्राउन सुगर प्रयोग गरेको श्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार