इलामको नयाँ बुलन्द डटकम अनलाइन पत्रिकाले आज आफ्नो दोस्रो बार्षिकउत्सब मनाएको छ । आज बिहान विभिन्न कार्यक्रम गर्दै पत्रिकाले बार्षिकउत्सब मनाएको हो । पत्रिकाले यस अवसरमा भित्तेपात्रो सार्वजनिक गरेको छ भने अनलाइनका उपसम्पादकलाई सम्मान समेत गरेको छ ।
बुलन्द भिडिया प्रालिद्वारा सञ्चालित इलामको नयाँ बुलन्द अनलाइनले पत्रकार प्रकाश नेपाललाई आज सम्मान गरेको छ । लामो समय आफ्नो मिडियामा रहेर काम गरेको भन्दै उनलाई सम्मान गरिएको हो । सम्मानित नेपाललाई प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगूले सम्मान पत्रबाट सम्मान गरेका थिए । यस्तै कार्यक्रममा पछिल्लो समय डिजिटल माध्यमबाट चल्ने केही सञ्चारमाध्यमले पूर्वग्राही तरिकाले समाचार संकलन गर्नाले सञ्चारमाध्यमको विश्वसनियता कम हुँदै गएको सरोकारवालाले बताएका छन् ।
समाज निर्माणका लागि टेवा पु¥याउने सञ्चारमाध्यमले आफ्नो लोकप्रियता बढाउनका लागि ‘फेक’ समाचार दिनाले सर्वसाधारणमा समेत विश्वसनियता घट्दै गएको गुनासो गरेका छन् ।
मंगलबार इलाम सदरमुकाममा नयाँ बुलन्द डटकम अनलाइन पत्रिकाको बार्षिक उत्सब मनाउँने सन्दर्भमा सरोकारवालाहरूले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले जिम्मेवार तरिकाले खोलिएका सञ्चारमाध्यमले विश्वसनिय समाचार संप्रेशण गरे पनि केही डिजिटल मिडियाले भ्रमात्मक शैलीका समाचार संप्रेशण गरेको गुनासो गरे । उनीहरूले त्यस्ता सञ्चारमाध्यम आफै नसचिए समग्र पत्रकारिता क्षेत्र नै धरासायी बन्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगूले सरकारले सञ्चार क्षेत्रप्रति चासो नदेखाउँदा पछिल्लो समय प्रिन्ट मिडियाहरू समेत संकटमा परेको गुनासो गरे । उनले मुलुक विकेन्द्रिकरणमा गएसँगै मोफसलमा रहेका प्रिन्ट मिडियाहरू आयस्रोत विहिन बन्न पुगेको उल्लेख गरे ।
राज्यले डिजिटल माध्यमलाई मिडियाका रूपमा नहेरेकाले पत्रकारहरू समेत पक्राउ पर्न थालेको भन्दै जवेगूले आपत्ति जनाए । नेपाल पत्रकार महासंघ प्रदेश नंं. १ का उपाध्यक्ष सोमनाथ सुशेलीले पछिल्लो समय खोलिएका डिजिटल माध्यमका सञ्चारमाध्यमहरू प्रतिष्ठित हुने क्रममा आक्रमक रूपमा घटनाको वास्तविकतालाई बंग्याउने गरेको गुनासो पाखे ।
यस्तै कार्यक्रममा नेपाल आदिबासी तथा जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य ख्याम भुजेलले अहिले पनि जनजाति तथा दलित समुदायका व्यक्ति पत्रकारितमा आउन नसकेको गुनासो गरे । नयाँ बुलन्द पत्रिकाका सम्पादक तथा प्रकाशक राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, जिल्ला प्रहरी प्रमुख माधवप्रसाद श्रेष्ठलगायतले पत्रकारले समाजमा पु¥याएको योगदानलाई कदर गरे । कार्यक्रममा मेची पहाडी क्षेत्र पर्यटन पवद्र्धन विकाश समितिका कार्यकारी निर्देशक केशव द्यौराली, इलाम उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष इश्वर चिपालू, नेपाल आदिबासी जनजाति महासंघ इलामका अध्यक्ष चक्र एक्तन(अविशेक)लगायतले बोलेका थिए ।कार्यक्रमको सञ्चालन उपसम्पादक अतित योङहाङले गरेका थिए ।