इलाम नगरमा व्यक्तिगत घटना दर्ता गराउने कार्य २०३७ साल माघ १ देखि निरन्तर हुँदै आएको छ । यस अनुसार इलाम नगरपालिका क्षेत्रमा २०७५ साल बैशाख १ देखि २०७५ साल चैत्र मसान्त सम्मकोे तथ्याङ्क अनुसार १११३ जना (बालक ५८३ र बालिका ५३०) को जन्म दर्ता, ३४४ जना (पुरुष १९१ र महिला १५३) को मृत्यु दर्ता, ४२८ जोडीको बिवाह दर्ता, बसाइसराइ दर्ता अन्तर्गत ७६ परिवारका बसाइ सरी जाने २४० जना, बसाइ सरी आउने ९६ परिवारको ३१७ जना रहेको छ । २०७५ सालमा इलाम न.पा. मा सम्बन्ध विच्छेदका घटना १० वटा दर्ता भएको छ ।
नेपालमा २०३३ सालबाट कानुनी रूपमा प्रारम्भ भएको व्यक्तिगत घटना दर्ताको महत्व वर्तमान समयमा झनै बृद्धि भएको छ । सामाजिक रूपान्तरणको तीब्र गतिमा रहेको नेपाली समाजलाई व्यवस्थित र वैज्ञानिक बनाई व्यक्तिको कानुनी अधिकारलाई सुनिश्चित गर्न व्यक्तिगत घटना दर्ताको प्रभावकारी कार्यान्वयनमा जोड दिन थालिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ को उपदफा २ को खण्ड ग को २६ मा प्रचलित कानुन बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख संकलन तथा संरक्षण गर्ने र सोही खण्डको २७ मा व्यक्ति घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम संचालन गर्ने व्यवस्था रहेको छ । नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पजीकरण विभागको मिति २०७५।१२।२७ को परिपत्रानुसार प्रत्येक वर्षको बैशाख महिनाको पहिलो हप्ता भर व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने र यस सप्ताहमा जनप्रतिनिधि र कर्मचारीहरुले आपूm र परिवारका सदस्यहरुको व्यक्तिगत घटना दर्ता गर्न बाँकी रहेको भए घटना दर्ता गर्ने गराउने व्यवस्था मिलाउनु पर्ने भएको छ ।
व्यक्तिगत घटना दर्ताको प्रभावकारी कार्यान्वयनले देशलाई जनसांख्यिक अवस्थाको विद्यमान स्थिति पत्ता लगाउन सजिलो पर्नाका साथै नीति निर्माण र योजना तर्जुमामा समेत सहयोग पुग्ने भएकोले व्यक्तिगत घटना ऐन, २०३३ र नियमावली, २०३४ इलाम नगरपालिकामा २०३७ माघ १ गतेदेखि लागू गरिएको र सो समयदेखि व्यक्तिगत घटना दर्ताको कार्य सुरु भएको इलाम न.पा. का प्रशासकीय अधिकृत रामकुमार शाहले बताए्का छन् ।
बालबालिकाको लिखित अभिलेख कायम गर्न, नामथर, जन्मेको स्थान, जन्मेको मिति, आमा बाबुको नामथर, ठेगाना प्रमाणित गर्न, नागरिकता प्राप्तिलाई सरल बनाउन, कानुनी तथा पारिवारिक अधिकार सुनिश्चित गर्न, बाल न्याय प्राप्त गर्न, शिक्षाको अधिकार सुनिश्चित गर्न, शोषण तथा दुव्र्यवहारबाट संरक्षण पाउनका लागि बालबालिकाको जन्म दर्ता अनिवार्य हुने, परिवारका कुनै व्यक्तिको मृत्यु भएमा चल अचल सम्पत्तिको नामसारी जस्ता कार्यमा मृत्यु दर्ता गराउनु आवश्यक हुने र कुनै नयाँ ठाउँमा बसोबास कायम गर्नका लागि बसाइँ सराइ दर्ता गराउनु अनिवार्य हुने, लोग्नेस्वास्नी बीच सम्बन्ध बिच्छेद भएमा सम्बन्ध विच्छेद दर्ता गराउनु समेत आवश्यक हुने साथै इलाम नगरपालिकाले जारी गरेको बालमैत्री आचारसंहिता २०७१ को दफा १४ मा बालबालिकाको जन्म दर्तासम्बन्धी कानुनी प्रक्रिया अनिवार्य गर्ने गराउने व्यवस्था रहेको छ । जन्मदर्ता सम्बन्धी प्रक्रियालाई समयमै गर्न गराउनका लागि इलाम नगरपालिकाले सुत्केरी सुविधाको व्यवस्था गरी वडा वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविकाहरुमार्पmत चेतना पैmलाउने कार्य समेत गरि रहेको छ । यसरी नै बसाइसराइ दर्ता प्रमाणपत्र जारी गर्दा बसाइ सरी गएको मितिसम्मका घटनाहरुलाई दर्ता गरेर मात्र बसाइ सरी गएको प्रमाण पत्र जारी गर्नु पर्ने व्यवस्था समेत रहेको छ ।
यसैगरी २०७२ सालदेखि नै इलाम नगरपालिकामा व्यक्तिगत घटना दर्ताका लागि अनलाइनमार्पmत सूचना विवरण फाराम भर्न सकिने व्यवस्था मिलाइएको र सो को लागि सेवाग्राहीहरूले वेवसाइट ११६.९०.२३४.१६२ ः ८०४ मार्पmत सूचना फाराम भरी फाराम भरेको १ महिना भित्रमा प्रमाणपत्रको लागि आवश्यक कागजातसहित आप्mनो वडा कार्यालयमा सम्पर्क गर्नु पर्ने प्रशासकीय अधिकृत शाहले बताए ।


1751 पटक हेरिएको 






