प्रदेशको नाम र स्थायी राजधानी नयाँ बर्षसँगै टुङ्गो लाग्छ ः मुख्यमन्त्री

विराटनगर,प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र स्थायी राजधानी नयाँ बर्षसँगै टुङ्गो लाग्ने बताएका छन् ।

प्रदेशको स्थायी राजधानी र नामको विषयमा प्रदेश सभामा छलफल गरि नयाँ वर्षको सुरुवातीसँगै टुंगो लाग्ने मुख्यमन्त्री राईले बताए ।

प्रेस चौतारी र प्रेस सेन्टर मोरङले आज विराटनगरमा आयोजित कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार वितरण गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री राईले पत्रकारको दक्षता वृद्धिका लागि प्रदेश सरकारले आगामी वर्षको वजेटमा सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरि कार्य अगाडि वढाउँने वताए ।
उनले आगामी वैशाख २४ गते राष्ट्रिय पत्रकार दिवसमा प्रदेश सरकारले विशेष समारोहको आयोजना गरी अग्रज पत्रकारलाई सम्मान गर्न कार्यदलको गठनको प्रक्रिया शुरु गरेको जानकारी दिदै सञ्चारकर्मी प्रति सरकार संवेदनशील रहको बताए ।

‘वैशाख १५ सम्ममा आवधिक योजनाको काम सम्पन्न गर्दछौं,’ मुख्यमन्त्री राईले भने, ‘त्यसपछि विकासको कामलाई अगाडी बढाउँछौं ।’ एक वर्षको अवधिमा संरचना निमार्णको काम मात्र भएको भन्दै मुख्यमन्त्री राईले अब परियोजनाको कामम अध्ययन गरेर विकासको काम अगाडी बढने बताए ।

मुख्यमन्त्री राईले प्रदेश नम्बर १ मा पनि लगानी सम्मेलन गरिने जानकारी दिए । ‘लगानी सम्मेलन गर्दैर्छौं’, उनले भने, ‘आवश्यक कानुनको निर्माण भइरहेको छ ।

नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य विनोद ढकालले स्थापित पुरस्कारले पत्रकारिता क्षेत्रको विकासमा ठूलो योगदान पुयार्को बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुईटेलले प्रदेश सरकारले पत्रपत्रिका, रेडियो, टिभि र अनलाइनलाई विशेष अनुदानको व्यवस्था गर्नु पर्नेमा जोड दिदै पत्रकारलाई न्यूनतम पारिश्रमिक भुक्तानीको वातावरण सिर्जना आग्रह गरे ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराई, प्रेस युनियका केन्द्रीय उपाध्यक्ष लिलाबल्लभ घिमिरे र प्रेस सेन्टरका मोरङ अध्यक्ष गोकुल पराजुली लगायतले पत्रकारिताको विकासका लागि भएका प्रयासहरु सकारात्मक रुपमा अघि बढेको बताए । अब पत्रकारिताको विकासका लागि प्रदेश सरकार लाग्नु पर्नेमा जोड दिए । प्रेस चौतरी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार