पक्राउ पछि रिहा भए कमल थापा, किन पक्राउ परे त थापा ?

हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।राप्रपाको प्रदर्शन राजधानीको पद्मोदय मोडमा आइपुग्दा प्रहरीले राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको थियाे । तर, प्रहरीले १० मिनेट नियन्त्रणमा लिएर छाडेकाे छ ।

हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको थियो । दर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियाे ।

शान्तिपूर्ण धर्ना गर्दा प्रहरीले अध्यक्ष थापालाई १० मिनेट नियन्त्रणमा लिएको र प्रदर्शनकारीले अध्यक्षलाई प्रहरी नियन्त्रणबाट छुटाएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार