इलाम,इलामस्थित नेत्रहिन सङ्घका दृष्टिबिहिन भएका व्यक्तिलाई एक कार्यक्रमका बीच सामग्री वितरण गरिएको छ । काठमाडौंस्थित ब्राइट स्टार सोसाइटी र दिव्या ज्याति फाउन्डेसनले संयुक्त रूपमा सङ्घलाई १२ थान व्लाङ्केट र दुई थान सेतो छडी दिइएको हो ।
सङ्घका अध्यक्ष पदम सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका अध्यक्ष बासुदेव अधिकारी र फाउन्डेसनकी अध्यक्ष ज्योती केसीले संयुक्त रूपमा सामग्री वितरण गरेका थिए । उनीहरूले अपांगता भएका व्यक्तिलाई सहयोग गर्न पाउँदा मनमा शान्ति मिल्ने भन्दै आगमी दिनमा पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन ममता गुरागाईंले गरेकी िथइन् ।