यसरी मिलायाे नेकपाले इलाममा भागबण्डा

  सरलपाटी संवाददाता

 2260 पटक हेरिएको

इलाम, १९ चैत  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को निर्वाचन क्षेत्र, प्रदेश र स्थानीय तहका पदाधिकारीको टुङगो लागेको छ । नेकपाले इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिव गरी चार पदमा पदाधिकारी टुङ्ग्याएको छ भने प्रदेश र स्थानीय स्तरमा इञ्चार्ज र अध्यक्ष फरक–फरक पार्टीको पर्ने गरी मिलाइएको छ । नेकपाको पदाधिकारीमा प्रतिनिधि सभाका दुई क्षेत्रमा एमालेका पदाधिकारी अध्यक्ष पदमा चुनिएका छन् भने प्रदेशमा ४ प्रदेशमा २÷२ वटामा एमाले र माओबादीको भाग बन्डा गरिएको छ ।
यस्तै, स्थानीय स्तरमा भने ८१ वडा मध्ये ५२ वडामा पूर्व एमालेका पदाधिकारी इञ्चार्जमा चुनिएका छन् भने बाँकी २९ वडामा पूर्व माओबादीका पदाधिकारी इञ्चार्जमा चुनिएका छन् ।

नेकपाको प्रतिनिधि सभामा कमिटीमा क्षेत्र नं.१ मा पूर्व एमालेका नेता टेकबहादुर राई र क्षेत्र नं. २ मा पनि एमालेकै ओमनारायण खनाल अध्यक्षमा चुनिएको छ भने क्षेत्र नं. १ मा पूर्व माओबादीका राजकुमार राई सचिवमा चुनिएका छन् भने क्षेत्र नं.२ मा कुमार बराइली चुनिएका छन् ।
यस्तै १० स्थानीय तह मध्ये तीन स्थानीय तहमा मात्र एमालेका पदाधिकारी इञ्चार्जमा चुनिएका छन् भने बाँकी सात स्थानीय तहमा माओबादीका पदाधिकारी चुनिएका छन् । नेकपा कार्यालय सचिव नवराज शंकरका अनुसार इलाम नगरपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकामा मात्र इञ्चार्जमा एमाले चुनिएको छ भने बाँकी स्थानीय तहहरू देउमाई नगरपालिका, सूर्योदयन गरपालिका, सन्दकपुर गाउँपालिका, माईजागमाई गाउँपालिका, रोङ गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा माओबादीका पदाधिकारी इञ्चार्ज चुनिएका छन् ।
इलाम नगरपालिका
१० स्थानीय तहका पदाधिकारीमा इलाम नगरपालिकाका इञ्चार्जमा पूर्व एमालेका धिरेन चेम्जोङ, सह–इञ्चार्जमा जीवन शर्मा ढुङ्गाना, अध्यक्षमा पूर्व माओबादीका छविलाल शर्मा र सचिवमा पूर्व एमालेका नरेन्द्र खड्का चुनिएका छन् । यस्तै नगरका १२ वडा मध्ये पूर्व एमालेका पदाधिकारी ८ वटामा अध्यक्ष चुनिएका छन् भने बाँकी चार वडामा पूर्व माओबादी केन्द्रका पदाधिकारी अध्यक्षमा चुनिएका छन् ।
सूर्योदय नगरपालिका
यस्तै सूर्योदयन गरपालिकामा माओबादी केन्द्रका नरेश तामाङ इञ्चार्जमा चुनिएका छन् भने सह—इञ्चार्जमा एमालेका जेबी फिलिहाङ चुनिएका छन् भने अध्यक्षमा एमालेका सोनाम छिरिङ र सचिवमा माओबादी केन्द्रका घनश्याम पौडेल चयन भएका छन् भने वडामा १४ वडामा ९ वडामा एमालेका पदाधिकारी अध्यक्षमा चुनिएका छन् भने बाँकी ५ वडामा माओबादी केन्द्रका पदाधिकारी चयन भएका छन् ।
देउमाई नगरपालिका
देउमाई नगरपालिकामा पनि माओबादी केन्द्रकै गोविन्द न्यौपाने इञ्चार्ज चुनिएका छन् भने सह–इञ्चार्जमा एमालेका हरिबाला राई, अध्यक्षमा एमालेका भीमलाल खनाल र सचिवमा माओबादी केन्द्रका अशोक प्रधान चयन भएका छन् । भने देउमाईका ९ वडा मध्ये ६ वडामा एमाले पदाधिकारी चयन भएका छन् भने तीन वडामा माओबादी केन्द्रका पदाधिकारी चुनिएका छन् ।
माई नगरपालिका
माई नगरपालिकामा भने एमालेका बुद्धि खनाल इञ्चार्ज, सह–इञ्चार्जमा माओबादी केन्द्रका हरि राई, अध्यक्षमा माओबादी केन्द्रका धनकुमार लिम्बू र सचिवमा एमालेका हेमलायो मगर चुनिएका छन् । यस्तै नगरका १० वडा मध्ये ६ वडामा एमाले र ४ वडामा माओबादी केन्द्रका पदाधिकारी छनोट भएका छन् ।
माङसेबुङ गाउँपालिका
माङसेबुङ गाउँपालिकामा इञ्चार्जमा माओबादी केन्द्रका लक्ष्मण राई, सह–इञ्चार्जमा एमालेका किरणकुमार राई, अध्यक्षमा एमालेका हेमन्त राई र सचिवमा माओबादीका डकेन्द्र योङहाङ चयन भएका छन् । भने गाउँपालिकामा ६ वडा मध्ये एमालेका ४ र माओबादीका २ पदाधिकारी अध्यक्षमा चुनिएका छन् ।
फाकफोकथुम गाउँपालिका
फाकफोकथुम गाउँपालिकामा इञ्चार्जमा माओबादी राजकुमार थापा, सह–इञ्चार्जमा एमालेका धनकुमार फियाक, अध्यक्षमा एमालेका दिपेन्द्र खनाल र सचिवमा नन्दबहादुर राना मगर चुनिएका छन् भने गाउँपालिकाका ७ वडामध्ये ४ वटामा एमाले र ३ वडामा माओबादी केन्द्रका पदाधिकारीमा चुनिएका छन् ।
सन्दकपुर गाउँपालिका
सन्दकपुर गाउँपालिकामा इञ्चार्जमा माओबादी केन्द्रका भोजबहादुर खतिवडा, सह–इञ्चार्जमा एमालेका बामबहादुर राई, अध्यक्षमा एमालेका प्रकाश पराजुली र माओबादीका जीवन शिवा रहेका छन् भने ५ वडामा एउटा वडामा माओबादी केन्द्रमा अध्यक्षमा चयन भएको छ भने अन्य ४ वडामा एमालेका पदाधिकारी चयन भएका छन् ।
माईजोगमाई गाउँपालिका
माईजोगमाई गाउँपालिकामा इञ्चार्जमा माओबादी केन्द्रका गञ्जु प्रधान, सह–इञ्चार्ज एमालेमका याम अधिकारी, अध्यक्षमा एमालेका छिरिङ मोत्तान र सचिवमा माओबादीका देवी अधिकारी रहेका छन् । यस्तै गाउँपालिकाका ६ वडा मध्ये ४ वटामा एमाले अध्यक्षमा र २ वटामा माओबादी अध्यक्षमा चुनिएका छन् ।
रोङ गाउँपालिका
यस्तै रोङ गाउँपालिकामा इञ्चार्जमा माओबादी केन्द्रका देवकुमार राई, सह–इञ्चार्जमा एमालेका विष्णुमाया खवास, अध्यक्षमा एमालेका वृहस्पति खतिवडा र सचिवमा माओबादीका धनकुमार नेम्बाङ रहेका छन् । भने गाउँपालिकाका ६ वडा मध्ये ४ वटामा एमाले र दुई वडामा माओबादी पदाधिकारी चुनिएका छन् ।
चुलाचुली गाउँपालिका
चुलाचुली गाउँपालिकाको इञ्चार्जमा एमालेका सफलता ओली, सह–इञ्चार्जमा माओबादी केन्द्रका न्यूसन राई, अध्यक्षमा माओबादी केन्द्रका शुक्रबहादुर लावती र सचिवमा एमालेका विनु लावती चयन भएका छन् भने ६ वडामध्ये चार वडामा एमाले र २ वडामा माओबादी केन्द्र चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार