इलाम।अवैध रुपमा राखिएको तीन नाल भरुवा बन्दुकसहित एक पक्राउ परेका छन् ।
प्रहरीले सुर्योदय नगरपालिका वडा नं. ५ शान्तिधारा टोल बस्ने हर्कबहादुर लिम्बूलाई बन्दुकसहित पक्राउ गरेको हो । लिम्बुको घरमा खानतलासी गर्दा बन्दुक भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । लिम्बूलाई आइतबार जिल्ला अदालत इलाममा म्याद थप गरी अनुसन्धानमा राखिएको प्रहरीले जनाएको छ ।