राष्ट्र शान्ति र कल्याणको कामना गर्दै पुराण

  सरलपाटी संवाददाता

 858 पटक हेरिएको

इलाम । राष्ट्र शान्ति र कल्याणको कामना गर्दै इलाम नगरपालिका वडा नं.५ बरबोटेस्थित राम जानकी मन्दिरमा आउँदो चैत २२ गते देखि श्रीमद् देवी भागवत् पुराण लगाइने भएको छ । राम जानकी मन्दिर पुराण मूल आयोजक समितिको आयोजनामा लाग्ने पुराण चैत ३० गते सम्म सञ्चालन हुने छ । पुराणको बाचन इलामका युवा पण्डितद्वय कृष्णप्रसाद घिमिरे र विष्णुप्रसाद भट्टराईको गर्नेछन् । चैत २२ गते कलश यात्रा, मण्डव पूजा एवं महायज्ञको उद्घाटन गरी सुरु गरिने पुराणको २३ गते देखि पुराणको कथा सुरु गरिने छ । पुराणबाट उठेको रकम मन्दिरको सत्संग भवन निर्माण गर्न लगाइने अध्यक्ष लीलानाथ लम्सालको भनाइ छ । यस अघि पनि मन्दिरमा बाल्मिकी पूराण र श्रीमद् भागवत पुराण आयोजना गरिएको थियो । गएको पूराणमा मन्दिरलाई सहयोग पु¥याउने एक दलित दम्पत्तिलाई पनि सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार