उद्घोषण एवं महिला उद्यमशीलता विकास तालिम सम्पन्न

  भावना न्यौपाने

 780 पटक हेरिएको

इलाम।सूर्योदय नगरपालिका वडा न ९ का महिलाहरुलाई १० दिने नेतृत्व विकास, उद्घोषण एवं महिला उद्यमशीलता विकास तालिम दिइएको छ ।
फागुन २७ गतेदेखि भएको तालिममा ७ दिन सम्म महिला उद्यमशीलता विकास तालिम गरिएको हो । यस्तै चैत्र ६ गतेबाट भएको तीन दिने उद्घोषण तथा क्षमता विकास तालिम समेत सम्पन्न भएको हो । महिलाहरुको चौतर्फी विकासमा टेवा पु¥याउने उद्देश्यका साथ भएको दुवै तालिममा २८ जना महिलाहरुको सहभागिता थियो । चिया विस्तार आयोजनाको सभाहलमा सम्पन्न तालिमको समापन समारोह वडा नं. ९ का अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले अध्यक्षता गरेका थिए । कार्यक्रम सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता एवं नगरका उपप्रमुख दुर्गादेवी भट्टराई र प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास कार्यालय इलामका प्रमुख सत्यनारायण राई, चिया विस्तार आयोजनाका प्रमुख इन्द्र अधिकारी, कार्यपालिका सदस्य नरमाया सुब्बालगायतले बोलेका थिए । वडा नं. ९ का वडा सदस्य जय राई, मानबहादुर लेप्चा, हिरा मोहरा, वडा नं. ९ का वडा सचिव टंक राई, पत्रकार तथा उद्घोेषण तालिमका प्रशिक्षक राज कुमार दहाल, पत्रकार भावना न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख राईले नगरले उद्यमी तथा आत्मनिर्भर बन्न चाहने महिलाहरुका लागि प्राथमिकता दिने बताउँदै समुहमा केही गर्न चाहनेलाई नगरले १० लाखसम्म बिना धितोऋण दिने बताए । आगामी वर्ष पनि नगरले बजेट विनियोजन गरिने पनि उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार