नेपाल र बंगलादेशका बागबानी विद्यार्थी बीच कृषिका बारेमा छलफल

  सरलपाटी संवाददाता

 1494 पटक हेरिएको

इलाम, ९ चैत ः इलाम सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसका कृषि संकाय अन्तर्गत बागबानी संकायका विद्यार्थी र बंगलादेशको खुल्ना विश्वविद्यालयका विद्यार्थी बीच दुई देशको कृषिका सम्भावना र समस्याका बारेमा छलफल भएको छ ।
दुई देशको कृषिका बारेमा जानकारी राख्दै कृषिमा पराम्परागत प्रणाली  बारेमा छलफल भएको थियो । इलामको अमेरिकर्नरको आयोजनामा

इलाम सदरमुकामस्थित अमेरिकन कर्नरमा बंगलादेशका बागबानी विद्यार्थीसित भिडियो मार्फत छलफल गर्दै विद्यार्थीहरू तस्विर ः हेमसागर पौडेल

भएको कार्यक्रममा भिडियो  कन्फेन्स मार्फत इलामका विद्यार्थीले बंगलागदेशको राजधानी ढाकाको अमेरिकन कर्नरमा सम्पर्क गरेर छलफल गरेका थिए । छलफलमा बंगलादेशको तैरने खेती प्रणाली सम्बन्धी जानकारी गराइएको थियो भने उद्यमशीलता र बागबानी सम्बन्धको बारेमा जिज्ञासा राखिएको थियो ।
महेन्द्र रत्न बहुमुखी क्याम्पसस्थित बागबानी विषयको स्टुडेन्ट एक्सन ग्रुप अफ हटिकल्चर(साग)को नेतृत्वमा भएको कार्यक्रमको अमेरिकन कर्नर इलामबाट हेमसागर पौडेलले र ढाकाबाट फजर्ना रहमानले सहजीकरण गरेका थिए ।

भविष्यमा पनि यस्ता छलफलका कार्यक्रम गरेर दुवै देशका विद्यार्थीलाई कृषिको बारेमा जानकारी गराउने क्याम्पसका असिस्टेसन प्रोफेसर कपिल खनालले जानकारी दिए । उनले आउँदा दिनमा कृषि मात्र नभइ युवा तथा अन्य समसामयिक विषयमा समेत छलफल चलाइने जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार