आगलागी पीडितहरुलाई सियोदेखि नुन, तेल सामग्री वितरण

  युवराज पिसी

 1180 पटक हेरिएको

इलाम।इलाम नगरपालिका–४ स्थित बरबोटेको सिद्धेश्वरी स्पोर्टिङ्ग क्लबले माइपोखरी आगलागी पीडितहरुलाई रात सामग्री विवतरण गरेको छ ।
क्लबले शनिबार इलाम नगरपालिका वडा नं. ४ मा सहयोग संकलन गरेर सियोदेखि नुन, तेलसम्मका दैनिक उपभोग्य सामग्रीहरु प्रदान गरेको छ । क्लबले आगलागी पीडित पाँच परिवारलाई १९ प्रकारको आवश्यकीय सामग्री वितरण गरेको क्लबका सल्लाहकार महानन्द ओझाले बताए ।
क्लबका पदाधिकार र सदस्यहरु पीडितहरुको बाँसमा पुगेर राहत सामग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईको पनि उपस्थिति रहेको थियो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ र रेडक्रसले शुक्रबार राहत वितरण गरेको थियो ।
विहीबार दिउँसो आगलागी हुँदा माइपोखरी अगाडि रहेका चार घर जलेरका थिए । आगलागीबाट तीन करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । चार घर जल्दा सो घरमा बसेका सात परिवारको विचल्ली भएको छ ।
आगलागीमा निमदोर्जे शेर्पा, कमल मुखिया, चक्र मुखिया, र लाक्पा शेर्पाको घर जलेर नष्ट भएको हो । यसरीनै कमल मुखियाको घरमा रहेको मिङ्मा दिक्की शेपाको पसलसमेत जलेको थियो ।
आगलागी पीडितहरु अहिले नजिकैको माइपोखरी सूचना केन्द्र, वनस्पतिको कार्यालय र मन्दिर परिसरमा बरिहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार