माइपोखरीका होटलहरुमा भिषण आगलागी हुँदै

  सरलपाटी सम्वाददाता

 2128 पटक हेरिएको

इलाम । इलामको सन्दकपुर गाउँपालिका स्थित माइपोखरी अघि रहेको होटलहरुमा आगलागी भइरहेको छ । आगलागीका कारण तीन घर जलेर नष्ट भइसकेको छ भने अर्को घरमा आगो सल्किदै गरेको स्थानीयले बताएका छन् । आगोले निमदोर्जे शेर्पा, चक्र बहादुर मुखिया, कमल मुखियाको घर जलेर नष्ट भइसकेको छ भने लाक्पा शेर्पाको घरमा आगो फैलिरहेको स्थानीय युवराज पीसिले जानकारी दिएका छन् । ती घरहरुमा आधा दर्जन बढि होटल तथा पसलहरु सञ्चालित थिए नेपाली सेना, प्रहरी र स्थानीयले घरमा रहेको सामान बाहिर निकाल्दैछन् । आगो नियन्त्रण बाहिर रहेको स्थानीय सञ्चारकर्मी युवराज पिसीले जानकारी दिएका छन् । आगो नियन्त्रणको लागि इलाम नगरपालिकाको दमकल माइपोखरी हिडिसकेको छ ।तर आगलागी भएको ठाउँमा पुगेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार