लक्ष्मी लघुवित्त वित्तीय संस्थाद्वारा कुर्सी वितरण

  डम्बर निरौला

 1230 पटक हेरिएको

माइजोगमाई / माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा रहेको लक्ष्मी लघुवित्त संस्थाले माइजोगमाई १ लप्सीबोटेमास्थित शान्तिदिप महिला कृषक समुहलाई कुर्सी वितरण गरेको छ । समुहलाई  लक्ष्मी लघुवित्तले रु ६ हजार बराबरको ११ थान  कुर्सी वितरण गरेको हो स लक्ष्मी लघुबित्त संस्थाले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत आर्थिक तथा भौतिक सामाग्रीहरू उपलब्ध गराउदै आएको छ । यस्ता  सहयोगलाई आगामी दिनमा  पनि निरन्तरता दिने  यस  लक्ष्मी लघुवित्तीय संस्थाका प्रमुख सतिसकुमार चौधरीले बताए । कृषक समुहका सदस्य सिर्जनाले  निरौलाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन घनश्यम निरौलाले गरेका थिए ।कार्यक्रमको अध्यक्षता शान्तिदिप महिला कृषक समुहका अध्यक्ष टिका निरौलाकले गरेका थिए । यसै अवसरमा लक्ष्मी लघुवित्तका प्रमुख सतिसकुमार चौधरीलाई विदाइ  समेत गरिएको छ भने नयाँ आएका प्रमुख  प्रेमप्रसाद सुवेदीलाई स्वगत समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार