इलाम । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन इलामले आगलागी पिडीत कर्मचारी सुरेन लिम्बूलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्याब्सनले लिम्बुलाई दुई लाख ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । ९९ हजार एक सय एकसय ७५ रुपैयाँ बराबरको राहत सामग्री र नगद यस अघिनै प्रदान गरिएका थियो । प्याब्सन अध्यक्ष विकास कर्मचार्यले शुक्रबार एक लाख ६ हजार ४३ रुपैयाँको चेक लिम्बुलाई हस्तान्तरण गरे । प्याब्सनले सदस्य विद्यालय मार्फत रकम संकलन गरेको हो । लिम्बु प्याब्सनमा कार्यालय सचिवको रुपमा कार्यरत छन् ।
गत पुसमा भएको आगलागीमा लिम्बुको इलाम नगरपालिका १२ साङ्गरुम्बामा रहेको तीनतले घर जलेर पुर्ण रुपमा नष्ट भएको थियो । आगलागीका कारण २० लाख रुपैयाँ बढिको क्षति भएको थियो । लिम्बुको छ जनाको परिवार अहिले ग्वालीमा बस्दै आएको छ । आगलागी पिडीत लिम्बुलाई गाउँबाट ५० हजार, कतारबाट रोहित लिम्बुको संयोजकत्वमा बनेको सहयोग समितिले ८१ हजार, मलेसियामा नारायण राई र झरेन्द्र चौहानको संयोजकत्वको सहयोग समितिले ७८ हजार, कोरियाका आफन्तबाट २५ हजार, इलाम नगरपालिका कार्यालयले दश हजार, जिल्ला प्रशासन कार्यालयले दश हजार, महिला जागरणसंघले दुई हजार पाँच सय र रेडक्रस सोसाइटीले त्रिपाल, लत्ताकपडा र भाडाकुडा प्रदान गरेको छ ।