सडक डिभिजनको गाडी दुर्घटना हुँदा पाँच घाइते

  सरलपाटी सम्वाददाता

 1191 पटक हेरिएको


इलाम । विर्तामोडबाट ताप्लेजुङ्गतर्फ जाँदै गरेको सडक डिभिजन कार्यालय ताप्लेजुङको बा १ झ ९८९८ नम्बरको गाडी इलाम नगरपालिका–४ स्थित सिम्लेमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा परेर ताप्लेजुङ्ग स्थित फुङलिङ नगरपालिका–५ का ७४ वर्षिया धनमाया लिङदेन र सोही स्थानकी ५० वर्षिय जानुका लिम्बु, फकताङलुङ गाउँपालिका–५का पेम्बा शेर्पा, नुवाकोट ककनी गाउँपालिका–५का १८ वर्षिय जंग तामाङ, नुवाकोट ककनी गाउँपालिका–४का २६ वर्षिय रितिक लामा घाइते भएका छन् । घाइते मध्ये तीन जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ । शख्त घाइते भएका धनमाया लिङदेन र जानुका लिम्बुलाई थप उपचारको लागि झापातर्फ लगिएको छ । मेची राजमार्गको पुवाखोला नजिकै सिम्ले भन्ने स्थानमा ब्रेक फेल भएर दुर्घटना भएको घाइतेहरुले बताएका छन् । गाडी सडकभन्दा दुईसय मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार