अमर माध्यमिक विद्यालय बरबोटेले आफ्नो ६२ औं वार्षिक उत्सवको अवसरमा विद्यालयको विकासमा योगदान दिने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।
विद्यालयको मंगलबार सम्पन्न वार्षिक उत्सव कार्यक्रममा इलाम नगरपालिका वडा नं. ५ का र ४ का वडाध्यक्षहरु ठाकूर श्रेष्ठ र नुतनदेव दुलाललाई सम्मान गरिएको छ । यसरीनै यसै विद्यालयमा अध्यापन गरी यसै वर्ष अवकाश भएकी शिक्षक दुर्गादेवी अधिकारीलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निर्वतमान पदाधिकारीहरुलाई पनि सम्मान गरिएको छ । निवर्तमान सदस्यहरु सीता रिजाल, कर्णबहादुर साङपाङ्ग, बालकुमार श्रेष्ठ, डाकप्रसाद गौतम, दामोदर पोख्रेल, विष्णुकुमारी तुम्बापोलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
यसरीनै आफ्नो जिम्मेवारी उत्कृष्ट रुपमा निर्वाह गर्ने शिक्षकहरु प्रेमराज लिम्बू, अर्जुन शर्मा र प्रतिन श्रेष्ठलाई पनि प्रंशसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानअध्यापक सोमनाथ निरौलाले विद्यालयको प्रगति, भौतिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही अवसरमा विद्यालयमा स्थापना भएको मुक्ति धर्म अक्षयकोष, धिरेन्द्र स्मृति अक्षयकोष, मुन्ना स्मृति अक्षयकोष र ढाका स्मृति अक्षयकोषबाट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । यसरीनै हरेक कक्षाका उत्कृष्ट र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले एक दर्जन गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयमा रहेको वौद्धिक अपाङ्गता स्रोत कक्षाका विद्यार्थीहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख होमनाथ भण्डारी, इलाम नगरपालिका वडा नं. ५ का अध्यक्ष ठाकूर श्रेष्ठ, वडा नं. ४ का अध्यक्ष नुतनदेव दुलाल, शिक्षक संघका प्रदेश नं. १ का अध्यक्ष पूर्णप्रसाद गौतम, शिक्षक अभिभावक संघका अध्यक्ष खुसबहादुर लिम्बू, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गंगा भूर्तेल, निर्माण समितिका अध्यक्ष मनराज जबेगूलगायतले मन्तब्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक गोपाल नेपालले स्वागत गरेका थिए भने जयनारायण भट्टराईले सञ्चालन गरेका थिए ।
src=”https://www.saralpati.com/wp-content/uploads/2019/03/53722173_2345207458851008_1336638558894555136_n.jpg” alt=”” width=”1024″ height=”768″ class=”alignleft size-full wp-image-5514″ />