इलाम । छिमेकीको हत्या गरी २८ वर्षदेखि फरार एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । छिकेकीलाई छुरा प्रहार गरेर हत्या गरेको अभियोग प्रमाणीत भएका सूर्योदय नगरपालिका–१ जोगमाईका ७३ बर्षीय रण बहादुर राईलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले नेपाल भारत सीमाबाट पक्राउ गरेको हो । उनले २०४७ बैशाख ४ गते छिमेकी धर्मध्वज थापालाई छुरा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई सर्बोच्च अदालतले २०७० साउन ४ गते सर्बस्वसहित जन्म कैदको फैसला गरेको थियो । जिल्ला अदालत र पुनरावेदन अदालतले गरेको फैसलालाई सदर गर्दै उनलाई सर्बोच्च अदालतले सर्बस्वसहित जन्म कैदको फैसला गरेको थियो । अदालतको फैसला कार्यान्वयनको लागि उनलाई अदालतमा बुझाइएको छ ।