दुर्घटनामा परेको हेलिकोप्टरमा को को सवार थिए ?

  सरलपाटी संवाददाता

 394 पटक हेरिएको

एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएको एमआई एयरबस हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद शेरचन, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ६ जना यात्रु सवार थिए ।  अन्य एकजना यात्रुको भने नाम खुल्न सकेको छैन ।

सुरक्षा स्रोतका अनुसार यो हेलिकप्टर ताप्लेजुङ सदरमुकाम फुङलिङबाट ६ नटिकल माइल उत्तर-पूर्वस्थित सिस्ने खोला क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । स्थानीयबासीले हेलिकप्टर भिरमा दुर्घटनाग्रस्त भएको बताएका छन् ।

हेलिकप्टर दुर्घटनामा परेको जानकारी पाएपछि नेपाली सेनासहितको टोली उद्दारका लागि सदरमुकाम फुङलिङबाट हिँडिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार