माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकाले चालू आर्थिक बर्षको पाँच महिनामा १२ लाख १५ हजार ५ सय २८ रुपैयाँ ५० पैसा राजस्व संकलन गरेको छ ।
गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ को साउन देखि मंसिर मसान्त सम्ममा व्यवसाय दर्ता, पञ्जीकरण, हाटबजार कर, घरधुरी कर, मालपोत शुल्क तथा विभिन्न सिफारिस शिर्षकमा सो बराबरको राजस्व संकलन गरेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।गाउँपालिका भित्रका ६ वटै वडा कार्यालय र गाउँपालिकाको कार्यालयबाट संकलन भएको १२ लाख १५ हजार ५ सय २८ रुपैयाँ ५० पैसा मध्ये गाउँपालिका कार्यालयले १ लाख ९१ हजार ९ सय २० रुपैयाँ राजस्व संकलन गरेको छ । गाउँपालिकाको तथ्याङ्क अनुसारे गाउँपालिका कार्यालयले साउन महिनामा ७ हजार ६ सय १० रुपैयाँ, भदौमा ४ हजार ६ सय ५० रुपैयाँ, असोजमा १७ हजार १ सय रुपैयाँ, कात्र्तिकमा ३१ हजार ८ सय ५० रुपैयाँ र मंसिरमा १ लाख ३० हजार ७ सय १० रुपैयाँ राजस्व संकलन गरेको छ। ।


472 पटक हेरिएको 






