उद्योग वाणिज्य संघ इलामले वैंकहरुले बढाएको चर्को ब्याजदर घटाउन आग्रह गरेको छ । एक विज्ञप्ती प्रकाशित गदै उद्योग वाणिज्य संघले वैंकले कर्जामा बढाएको ब्यावका कारण व्यवसाय सञ्चालनमा समेत समस्या सिर्जना भएकाले ध्यानाकर्षण भएको जनाएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल, प्रथम उपाध्यक्ष इश्वर चिपालु र महासचिव मदन श्रेष्ठद्वरा जारि विज्ञप्तीमा व्याजका कारण जिल्लाको आर्थिक विकासमा निराशाजनक अवस्था सिर्जना वाणिज्यसंघको ठहर छ । वैंक तथा वित्तिय संस्थाहरुको व्याजमा हुने उतरचढावले उद्योगी व्यवसायी र लगानी कर्ता हतोस्ताहित हुनेपरेको उल्लेख छ । विज्ञप्तीमा नीजि क्षेत्रले पटक पटक ब्याजदर घटाउने प्रयत्नगर्दा समेत नियामक निकायले ब्याजदर घटाउन प्रयत्न नगरेको आरोप छ ।


517 पटक हेरिएको 






