इलाम, १२ फागुन ःइलाम नगरपालिका वडा नं.५ स्थित बरबोटेमा विपद व्यवस्थापन पूर्व तयारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नगर विपद व्यवस्थापन समितिको आयोजना र वडा कार्यालय बरबोटेको संयोजनमा भएको कार्यक्रममा मानव अधिकार मेलमिलाप समिति, रेडक्रस उपशाखा, पिस एक्सन ग्रुप, विभिन्न विधालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी, नेपाल स्काउट, बालक्लब, महिला स्वास्थ स्वयंसेविका, स्वास्थ्यकर्मी, ब्यवसायी, किसान, स्वावलम्बन समूह, समाजसेवीको उपस्थिति थियो । 
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटीको तर्फबाट विभिन्न प्रस्तुतीकरणहरु भयो । कार्यक्रमको अवसरमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ,
सशस्त्र प्रहरी बल १ न. गण इलामका प्रहरी उपरीक्षक बिदुर खड्का, पशुपतिप्रसाद गण इलामका प्रतिनिधि, प्रमुख अनुसन्धान अधिकृत तुलसी कट्टेलज्युको उपस्थितिमा सम्पन्न भयो ।यस्तै यही कार्यक्रम आइतबार इलाम नगरपालिकाको सुम्बेकमा समेत सम्पन्न भएको थियो भने सोमबार साखेजुङमा समेत सम्पन्न हुने छ ।


701 पटक हेरिएको 






