इलाम, ११ फागुन ः इलाम नगरपालिका वडा नं.५ स्थित मा माउन्ट मेरी बोडिङ स्कुलको ३५ औं बार्षिक उत्सब विभिन्न कार्यक्रम गरेर मनाइएको छ । यस अवसरमा विद्यालयले विद्यालयका संस्थापक पल उपाध्यय र उत्कृष्ट शिक्षक हेमचन्द्र साङपाङलाई सम्मान गरेको छ । विद्यालयका निर्देशक मदन श्रेष्ठको अध्यक्षतामा र इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नं.५ का वडाध्यक्ष ठाकुर नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व विद्यार्थी नवराज आचार्य, अभिभावक
लोकेन्द्र सोङ्मी, राजेन तामाङ, रिब्स बोर्डिङका हिरालाल घिमिरे, समाजसेवी मनराज जवेगू, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन)का उपाध्यक्ष दिपेन्द्र दुलाल, निजी तथा आवासीय विद्यार्थी अर्गनाइजेसन(प्याब्सन)का सचिव छविलाल लम्साल, इलाम
नगर प्याब्सनका अध्यक्ष कुशबहादुर थेवे लगायतले बोल्नुभएको थियो ।
विद्यालयका प्रिन्सिपल अनिल प्रधानले स्वागत गरेको कार्यक्रममा यस अवसरमा निवन्ध प्रतियोगिता, नाटक, वादविवाद, कविता, नृत्य तथा गायन प्रयितयोगिता समेत गरिएको थियो ।