प्रहरी गस्ती टोलीद्वारा औषधि बरामद

अवैध औषधि आयात भएको सूचना पाएर खरिएको प्रहरी टोलीले मंगलबार इलामको पशुपतिनगरस्थित बाघवीरेबाट औषधि बरामद गरेको छ । बरामद गरिएको औषधिमा विभिन्न सात प्रकारका औषधि रहेको छ । चारवटा काटुन भित्र सात हजार थान औषधि रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बरामद भएको औषधि विराटनगरस्थित औषधी व्यवस्था विभागलाई बुझाइने जनाइएको छ ।
प्रहरीले केही दिन अघिमात्र बाघवीरे क्षेत्रबाटै भारतीय नम्बर प्लेटको गाडीमा लोड गरेर नेपाल भित्र्याउँदै गरेको तीन सय २० थान ब्ल्याङकेट बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार