स्ववियू चुनाव गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेपछि…….

  सरलपाटी संवाददाता

 632 पटक हेरिएको

इलाम–ःस्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने माग गर्दै दुईवटा विद्यार्थी संगठनले आज इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसाम प्रर्दशन गरेका छन् । अनेरा स्ववियु र अखिल क्रान्तिकारी विद्यार्थी संगठनले स्ववियु निर्वाचनको माग गर्देै संयुक्त रूपमा क्याम्पस परिसरमा नाराजुल र कोण सभा गरेका थिए । संगठनको क्याम्सप कमिटीको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयले तत्काल स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने माग गरेका थिए ।
लामो समयदेखि निर्वाचन नहुँदा क्याम्पसमा हुने हरेक गतिविधिबाट विद्यार्थीहरू बञ्चित हुनुपरेको विद्यार्थीले बताएका छन् । नाराजुलुस पछि अनेरास्ववियूका इश्वरी तामाङ र सन्धीभक्त शंकरले सम्बोधन गरेका थिए । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मरव क्याम्पस इलाममा २०६३ साल यता स्ववियु निर्वाचन हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार