माइजोगमाइ .माइजोगमाइ गाउपालिकाले आज एक कार्यक्रमको बिच माइजोगमाइ गाउपालिका वडा नं ४ नामसालिङ शितली बस्ती निवासी मानबिर लिम्बू खापुङको आमासयमा क्यन्सर भइ हाल भरतपूर क्यन्सर अस्पतालमा उपचार गराइ रहनु भएको र आर्थिक अवस्था ज्यदै कमजोर रहेकाले गाउपालिकाको बिपन्नलाई आर्थिक सहायता कोषबाट नगत २०,००० को चेक गाउपालिका अध्यक्ष जित बहादुर राइले पिढितका छोरा सरजित लिम्बूलाइ हस्ताणतरण गर्नुभयो ।
साथै माइजोगमाइ गाउपालिका वडा नं ५ बस्ने पासाङ शेर्पा बिगत लामो समय देखी मुटु सम्बन्धी रोगका कारण उपाचारार्थ रहेको हुनाले गाउपालिकाको बिपन्नलाई आर्थिक सहायता कोषबाट नगत २०,००० को चेक गाउपालिका अध्यक्ष जित बहादुर राइले पिढितलाइ हस्ताणतरण गर्नुभयो ।


795 पटक हेरिएको 






