इलाम पोष्टका व्यवस्थापकको अनाथलयमा प्रणय दिवस

  सरलपाटी सम्वाददाता

 878 पटक हेरिएको

इलाम । श्रीमान श्रीमति, प्रेमी प्रेमिकाले माया साटासाट गरेर प्रणय दिवस मनाए । इलाम पोष्ट दैनिकका व्यवस्थापक साङरुम्बाका सरोज विश्वकर्माले भने फरक तरिकाले प्रणय दिवस मनाए । प्रेमीकासंग होइन अनाथहरुसंग माया साटासाट गरेर । उनी इलामको गोलाखर्कमा रहेको ह्रासल बाल अनाथालयका बालबालिकाको लागि विभिन्न किसिमका खानेकुरा लिएर पुगे । बालबालिकालाई आफुले लगेको खानेकुरा दिए । उनीहरुसंग कुराकानी गरे । उनीहरुको लक्ष्य सुने । उनीहरुसै खेले । दिन कटाएर फर्किए । दिन कटाएर फर्किदा उनलाई सहज भएन । बालबालिकाको मायाले निकै लोभ्याएको बताए । ‘नानीहरु यस्तरी झुम्मिए कि फर्किने बेलामा निकै गाह्रो भयो ।Õ–उनले सुनाए । अनाथ आश्रममा रहेका बालबालिको सम्याता, संस्कृति उनीहरुको बोलीचालीले निकै प्रभाव परेको उनले सुनाए । आफुले फरक रुपमा प्रणय दिवस मनाउन चाहेकाले अनाथालयमा पुगेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार