इलाम. इलामको फाकफोकथुम गाउँपालिका एकतप्पामा जारी तेस्रो संस्करणको सहिद स्मृति खुला नकआउट फुटबल प्रतियोगितामा आज भएको भेट्रान्स कपमा माङ्सेबुङ फुटवल क्लव इभाङ र फिजरा फुटवल क्लव फाइनल खेलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो मिफाइनल खेलमा माङ्सेबुङले दोकान डाँडा फुटवल क्लवमाथि सानदार जीत निकाल्दै फाइनल प्रवेश गर्ने पक्का गरेको हो भने फिजराले रिमिक्स स्टार फाकफोकथुम–७ लाई स्तब्ध बनाउँदै फाइनल खेलमा माङ्सेबुङसँगको भेट पक्का गरेको हो । जीतका लागि माङसेबुङले ० का विरुद्ध १ गोल गरेको थियो भने फिजराले रिमिक्सलाई १ का विरुद्ध ४ गोलको फराकिलो जीत निकाल्दै घर फर्काएको थियो ।
भेट्रान्सको फाइनल खेल भने फागुन १ गते हुने जनाइएको छ । यस्तै भोलि खुला नकआउट तर्फ भने चौबन्दी फुटवल क्लव फाकफोकथुम र टुर्वोग फुटवल क्लव मंगलबारे बीच हुने आयोजक समितिका सचिव सुमन दियालीले जानकारी दिए । यस्तै भोलिको दोस्रो खेलमा पाथीभरा फुटवल क्लव फाकफोकथुम र माइपोखरी फुटवल क्लव बीच हुने समेत दियालीले जानकारी दिए । प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द टुनामेन्टलाई समेत पुरस्कार पाउनेछन् ।प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न १५ टिमको सहभागीता छ । प्रतियोगिताको फाइलन १ फागुनमा हुनेछ ।यसैबीच प्रतियोगिताको फाइनलमा मेला बजार र सुमधुर साँस्कृतिक कार्यक्रमको समेत तयारी गरिएको छ । साँस्कृतिका कार्यक्रममा कलाकारहरु प्रकाश बस्नेत, रमेश सुनुवार, विजय मुकारुङका साथ अन्य स्थानीय कालाकारहरुको प्रस्तुती रहनेछ । साथमा युनिक डान्स सेन्टरका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।


766 पटक हेरिएको 






