इलाम ,इलामको देउमाई नगरपालिकास्थित देउरालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका २ भदौरे बस्ने अन्दाजी वर्ष २५ का सुमन गुरुङ रहेका छन् ।
आज दिउँसो पाँचथर सदरमुकाम फिदिमबाट इलाम सदरमुकाम आउँदै गरेको को १ त ४२६७ नंं.को ट्याक्टर अनियन्त्रित हुँदा ट्याक्टरमा रहेका एकको मृत्यु भयो भने अन्य दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा इलाम नगरपालिका वडा नं. ८ बस्ने वर्ष १५ की लिला आचार्य र ताप्लेजुङ स्थायी घर भएका वर्ष १७ का रविन शंकर रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिए ।


600 पटक हेरिएको 






