फाल्गुनन्द गाउँपालिका अध्यक्ष नेम्बाङ्गको निधन

  सरलपाटी सम्वाददाता

 1863 पटक हेरिएको


इलाम। पाँचथरस्थित फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्बाङ्गको शनिबार निधन भएको छ ।
फाल्गुनन्द गाउँपालिकाको कार्यक्रममा बोल्दा बोल्दै वेहोस भएपछि उपचारका लागि इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमै नेम्बाङ्गको निधन भएको हो । उनको शव इलाम अस्पतालमा राखिएको छ । पोष्टमार्टमको तयारी भइरहेको छ ।
२००० सालमा पौवासारतामा जन्मेका नेम्बाङ्ग यसअघि पञ्चायतकालमा चार कार्यकाल प्रधानपञ्च, २०४६ मा प्रजातन्त्र प्राप्त पछि दुई कार्यकाल पौवा सारतापको अध्यक्ष र पञ्चायतमा एक कार्यकाल जिल्ला पञ्चायतको उपसभापति भएका थिए ।
राजनीतिशास्त्रमा २०२८ सालमा स्नातककोत्तर गरेका नेम्बाङ्गका संझनाका तरेलीहरु निबन्ध संग्रह, अमेरिका भ्रमणका केही संझनाहरु नियात्रा र एउटा साँझको अवसान कविता संग्रह प्रकाशित छन् ।
नेम्बाङ्गलाई नेपाल सरकारले यहीँ वर्ष नेपाल विद्या भूषण चौंथोद्वारा विभूषित गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार